इमरान खानलाई तत्काल रिहा गर्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश

खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गर्नु गैरकानूनी भएको ठहर

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ।

समाचार एजेन्सी अलजजिराका अनुसार खानको कानूनी टोलीले मंगलबार नेशनल अकाउन्टेबिलिटी ब्यूरो (एनएबी) द्वारा उनको गिरफ्तारीलाई चुनौती दिएपछि बिहीबार सर्वोच्च अदालतको आदेश आएको हो।

अदालतको तीन सदस्यीय बेन्चले खानको गिरफ्तारीलाई गैरकानूनी घोषित गर्दै तहरिक-ए-इन्साफ पार्टीका अध्यक्षसमेत रहेका उनलाई ठूलो राहत प्रदान गरेको छ।

बेन्चले यसअघि खानको गिरफ्तारीको वैधानिकतामा भएको निवेदनमा सुनुवाइ गरेको थियो र अधिकारीहरूलाई उनलाई एक घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको थियो।

खानको गिरफ्तारीपछि देशभरि हिंसात्मक विरोध प्रदर्शन भएका छन्।

पूर्वप्रधानमन्त्री खानलाई गत मंगलबार इस्लामावादस्थित उच्च अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो।

गत वर्ष प्रधानमन्त्रीबाट हटेपछि उनीविरुद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो। अलजजिरा टेलिभिजनसँग गरेको एक कुराकानीमा उनले आफूविरुद्ध कम्तीमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा हाल्ने गरेको बताएका थिए।

उनीविरुद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा आदिको आरोप लगाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर