केन्द्रको गठबन्धनकै आधारमा मधेस सरकार पुनर्गठन हुन्छ : उपेन्द्र यादव

'भुटानी शरणार्थी प्रकरणमा कठोर छानबिन हुनुपर्छ'

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारमा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनर्गठन हुने बताएका छन्।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुनर्गठन हुने बताएका हुन्। उनले संघीय सरकारमा भएको गठबन्धनअनुरूप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताएका हुन्।

मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उनले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पारे।

उनले जनमत पार्टी उपनिर्वाचनमा सत्तारूढ गठबन्धनको विरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर