२८ वर्षपछि नेपालकाे तीन दिने भ्रमणमा भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे

भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आएका छन्। उनी बौद्ध धर्मअन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन्।

उनी नेपालको बौद्धस्थित ठांगु टासी छोलिङ गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठंगु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आएका हुन्। उनी भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाले बताए।

उनका अनुसार रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तूपाको पुनःनिर्माणमा सहयोग गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले बौद्ध धर्मगुरुहरूसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

बौद्धगुरु रिन्पोछे २८ वर्षपछि नेपाल आएका हुन्।

सबै तस्बिरहरू : बेन्चेन शेद्रा माेनास्ट्री

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर