को हुन् ट्विटरको सीईओ बनेकी लिन्डा याकारिनो?

एलन मस्कले आफूले कार्यकारी भूमिका छोड्ने घोषणा गरेको एक महिनापछि ट्विटरको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेका छन्। मस्कले शुक्रबार लामो समयदेखि एनबीसी युनिभर्सलको विज्ञापन प्रमुख रहेकी लिन्डा याकारिनोलाई ट्विटरको सीईओ नियुक्त गरेका हुन्।

मस्कले शुक्रबार एक ट्विट गर्दै नयाँ सीईओको रूपमा लिन्डा याकारिनोलाई स्वागत गर्न पाउँदा उत्साहित रहेको बताएका छन्। उनले सीईओ याकारिनो मुख्य रूपमा व्यवसाय सञ्चालनमा केन्द्रित हुने र आफू उत्पादन डिजाइन र नयाँ प्रविधिमा ध्यान केन्द्रित गर्ने पनि उल्लेख गरेका छन्।

याकारिनोले बिहीबार नै एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिप्सको अध्यक्षको भूमिका छोडेकी थिइन्।

सीईओको रूपमा याकारिनोले मस्कको स्वामित्वमा रहेका चुनौतीहरूको लामो सूचीको सामना गर्नेछिन् जसमा विज्ञापनदाताको पलायन, सेवा अवरोधहरू, नियामक छानबिन र प्रतिद्वन्द्वीहरूको बढ्दो सूची समावेश छ। मस्कको विवादास्पद नीति परिवर्तन र अभिव्यक्तिहरूले थुप्रै संख्यामा प्रयोगकर्ताहरूले ट्विटर प्रयोग गर्न छाडेका छन्।

मस्कले कार्यकारी भूमिका छाडे पनि कम्पनीको भविष्यको दिशामा अझै महत्त्वपूर्ण नियन्त्रण भने कायम राख्नेछन्।

को हुन् लिन्डा याकारिनो?
लिन्डा याकारिनो पेन स्टेट युनिभर्सिटीकी विद्यार्थी हुन् र ट्विटरको सीईओ नियुक्त हुनुअघिसम्म एनबीसी युनिभर्सल मिडियामा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिप्सको अध्यक्षको रूपमा कार्यरत थिइन्। याकारिनो नेटवर्कमा एक दशकभन्दा बढी समयदेखि सक्रिय छिन् र लगातार विज्ञापन बिक्री र साझेदारीमा काम गरेकी छन्।

एनबीसी युनिफाइडको सुरुवातदेखि नै उनले एनबीसी युनिभर्सलको नेतृत्व गरेकी छन्। उनले एनबीसी युनिभर्सलको लाइनियर नेटवर्क, डिजिटल र स्ट्रिमिङ प्लेटफर्म, वितरण र वाणिज्य साझेदारी, ग्राहक सम्बन्ध, बजारीकरण, विज्ञापन बिक्री र पोर्टफोलियोको निरीक्षण तथा मुद्रीकरणमा काम गरेकी छन्।

यसअघि याकारिनोले टर्नरमा करिब २० वर्ष बिताएकी थिइन् जहाँ उनको काम विज्ञापन बिक्री, बजारीकरण र अधिग्रहण थियो।

टर्नरमा कार्यकारी उपाध्यक्षको रूपमा सेवा गर्दा उनले नोभेम्बर २०११ मा एनबीसी युनिभर्सलमा नयाँ जिम्मेवारी पाएपछि उक्त कम्पनी छाडेकी थिइन्। -एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *