पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जाेगाउन खाेज्ने ‘दूत’ बिरुद्ध पनि पक्राउ पूर्जी जारी

प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरु पक्राउ गरेपछि उनीहरुसँग थुनुवा कक्षमा गएर भेटघाटगर्ने तथा अनुचित प्रलोभन दिने आङटावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

शेर्पा हाल सम्पर्क विहिन छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीले शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा छापा मारेर खानतलासी समेत गरेको छ ।

काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद  शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी अनुसन्धानका हाल प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको दूत बनेर शेर्पा हिरासतमा रहेका अन्य थुनुवाहरुलाई भेटन गएका थिए । भेटमा उनले खाणको नाम नलिन दबाब र प्रलोभन दिएको हिरासतमा रहेकाहरुको बयानमा खुलेको थियो ।

थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् । आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् ।

उनले भेटमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको बयानमा खुलेको हो ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

खाणलाई प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाणका स्वकिय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् । केसीलाई प्रहरी वृत लैनचौरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *