‘फेक’ अडियो बनाएर मेरो चरित्रको बलात्कार गरियो : आरजु राणा

नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्रको बलातकार गरिएको बताएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले सो कुरा बताएकी हुन्।

सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उनले महिलाहरूलाई राजनीतिमा आउँदा अनेकौं कुरा व्यहोर्नुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार अन्य महिलाहरूप्रति नगर्न आग्रह पनि गरिन्। सांसद राणाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्न माग गरिन्।

उनले भनिन्,‘मैले छ दिन अगाडि फेक अडियो मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सीबीआई र साइबर क्राइम सेलमा दिएको थिएँ। दर्ता गर्न पनि मानिएको थिएन। यहाँ साथीहरूले विश्वास गर्नुहुन्न होला सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर। ३ घण्टा लाग्यो त्यो दर्ता गराउन। त्यसको जवाफ म गृह मन्त्रालयबाट सिक गर्न चाहन्छु। अलमल किन थियो दर्ता गर्न? ६ दिन यो फेक हो कि होइन भनेर किन बताउन सकेको छैन? अरूजस्तै म त झनै आतुर छु। फेक अडियो मेरो मात्रै बनेको होइन। अरूअरूको पनि बनेको छ। तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ? म साँच्चै भन्ने हो भने एज अ विमन यो एउटा क्यारेक्ट असानिसेसन होइन। दिस इज अ रेप अफ माइ क्यारेक्टर।’

सांसद राणाले देशमा गलत समाचार र फेक मिडियाको पराकाष्ठा पुगिसकेको भन्दै सरकारले अनुगमन गर्नुपर्ने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर