जासुसी गरेको अभियोगमा चिनियाँ अदालतले सुनायाे अमेरिकी वृद्धलाई आजीवन कारावासकाे सजाय

चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

अमेरिकी पासपोर्ट धारक जोन शिङ–वान लेउङलाई आफ्नो देशविरुद्ध जासुसी गरेको आरोपमाचीनको पूर्वी शहर सुझोउस्थित एउटा अदालतले उक्त फैसला गरेको हो ।

चीनको यो कदमपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।

अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसी गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ र आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको छ ।’

सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध ‘कानूनी कदम चालेको’ विज्ञप्तिमा जनाइएकोे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *