नेपालजस्तो सानो देशमा धेरै विमानस्थल चाहिँदैन : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरू आवश्यक नभएको बताएका छन्।

मंगलबार संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रीपरिषदबाट पास गराएर संसदमा पेस गर्ने पनि बताए। उनले त्यसलाई छिटो पास गरिदिन सांसदहरूको ध्यानाकर्षण गराए।

उनले संसद र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको पनि बताए।

मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘सोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासोसमेत गरे।

उनले पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई आग्रह गरे।

संसदमा बल दिए मात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर