मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन महानिरीक्षक अर्यालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनको सोमबार निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सबै युनिटहरूलाई यस प्रकारको तयारी गर्न निर्देशन दिएका हुन्।

मनसुनको बारेमा पूर्वजानकार रहन र हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्नका लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उनले जति धेरै पूर्वतयारी गर्न सक्यो त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धारमा सारथि बन्न सकिने बताए।

मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्वतयारीका साथसाथै शारीरिक र मानसिक रूपमा समेत तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिए।

विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन र आउन सक्ने प्राकृतिक जोखिमलाई समेत उतिनै ध्यान दिएर भूगोल र प्रकोपअनुसार कुनै पनि समयमा जस्तोसुकै परिस्थितिमा परिचालन हुन सक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उनले निर्देशन दिए।

उनले शिक्षालयमा हाल सञ्चालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका तालिमलाई हुन सक्ने जोखिमको पूर्वानुमान गरेर सोहीअनुसार परिमार्जन गर्दै लगिनेसमेत बताए।

यस प्रकारको तयारीका लागि विशेष गरी पूर्वअभ्यास महत्त्वपूर्ण हुने भएकाले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरूले सरोकारवाला अन्य निकायहरूको समेत सहकार्यमा तीव्रता दिएका छन्। आगलागी, बाढीपहिरो, दुर्घटना आदिमा गरिने उद्धारलाई यस्ता अभ्यासमा समावेश गरिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर