मुलुकको अर्थतन्त्रलाई लयमा ल्याई समृद्धितर्फ अग्रसर बनाउनुपर्छ : सांसद कार्की

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाई लयमा ल्याएर विकास निर्माण र समृद्धितर्फ मुलुकलाई अग्रसर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएका हुन्।

उनले मुलुकको विकासका हकदार ग्रामीण क्षेत्रका सामान्य जनता भएको भन्दै त्यहाँका जनतालाई केन्द्रमा राखेर सरकारले अहिलेको अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताए। उनले जनतालाई केन्द्रमा राखेर विकास निर्माणको योजना बनाउनुपर्ने विषयमा समितिमा गम्भीर छलफल गर्न आवश्यक रहेको बताए।

उनले जनता केन्द्रित विकास योजना बनाउन सक्यो भने जनतामा आशा छर्न सकिने बताए। उनले अफ्ठ्यारो स्थितिमा रहेको अर्थतन्त्रलाई लयमा लैजान सकिने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर