मुलुकको अर्थतन्त्र मन्दीमा जाँदा पनि सरकार गम्भीर भएन : पदम गिरी

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मुुलुकको अर्थतन्त्र मन्दीमा जाँदासमेत सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाएका हुन्।

उनले मुलुकको व्यापार व्यवसाय चौपट भएको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ त्यसको जानकारी दिनुपर्ने बताए।

उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानका लागि सरकारले गरिरहेका कामको बारेमा जनतालाई यथार्थ जानकारी दिन माग गरे।

उनले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा अर्थमन्त्रीलाई बोलाएर समितिमा छलफल गर्न आवश्यक रहेको बताए।

उनले नेप्सेलाई नै धराशायी बनाउने गरी केही ठूला व्यवसायीकहरूको मिलेमतोमा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेञ्ज दिने गरी हतारहतारमा काम भइरहेको विषयमा अर्थ समितिले छानबिन गर्न आवश्यक रहेको बताए।

उनले अघिल्लो अर्थ समितिले नयाँ साझेदार ल्याउन सुझाव दिए पनि अहिले नयाँ एक्सचेञ्ज ल्याउने तयारी कसरी भयो भन्ने विषयमा तत्काल समितिले छानबिन गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर