जबरामाथिको महाभियोग निष्प्रभावी हुने पत्रविरुद्ध आज सुनुवाइ

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव निष्प्रभावी हुने पत्रविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

संघीय संसद्का महासचिव भरतराज गौतमले संसद् अधिवेशन समाप्त भएकाले जबरामाथि लगाइएको महाभियोगस्वतः निष्प्रभावी भएको भन्दै लेखेको पत्रका बारेमा आज संवैधिानिक इजलासमा सुनुवाइ हुन लागेको हो।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको पेसी तोकिएको छ।

गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *