बालकृष्ण खाणलाई कांग्रेसबाट तत्काल निलम्बन गर्न गगन थापाको माग

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टीका नेता बालकृष्ण खाणलाई निलम्बन गर्न माग गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले खाणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने बताएका हुन्।

उनले अनुसन्धानमा पार्टी जोडिन नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जोकोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने उनकाे भनाइ छ।

महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे। उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्बनमा पर्ने बताए।

उनले पार्टीको बैठकमा यसबारेमा छलफल भए पनि केही नेताहरूले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भए पनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्न नहुने बताए।

उनले पार्टीका नेताहरू भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे।

महामन्त्री थापाले लोक रिजाइनको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताए। उनले कांग्रेसलाई अब नेताबाट नागरिकमा फर्काउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर