कांग्रेस शहरकेन्द्रित हुन थाल्यो : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेस शहरकेन्द्रित भएको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा भनेका हुन्।

उनले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ-गाउँमा पुगेर पार्टीका कुराहरू बुझ्ने प्रचलन भए पनि अहिले विस्तारै हराउँदै गएको बताए। उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए।

उनले निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरू जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताए।

यादवले अरू पार्टीहरूले मिसन ग्रासरुट गरिरहँदा कांग्रेस भने शहरमा मात्रै केन्द्रित भइरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *