मुटुमा पेसमेकर राखेर आरोहण गरिरहेकी भारतीय महिलाको मृत्यु

सगरमाथामा मृत्यु हुनेको संख्या ७ पुग्यो

सगरमाथा आधार शिविरमा बिरामी परेकी एक भारतीय महिला आरोहीको बिहीवार बिहान लुक्लामा मृत्यु भएको छ । ग्लेसियर हिमालय ट्रेक्सका प्रबन्ध निर्देशक डा डेन्डी शेर्पाका अनुसार सुजेन लियोपोल्डिना जिससको लुक्लास्थित अस्पतालमा उपचारका क्रममा बिहान ५ः१३ बजे मृत्यु भएको हो ।

महाराष्ट्र, मुम्बईकी ५९ वर्षीय आरोही आधार शिविरमा ६ दिनदेखि बिरामी थिइन्। ‘हिजो साँझ बेस क्याम्पबाट हेलिकप्टरमा लुक्ला लगिएको थियो,’ शेर्पाले भने, ‘ उनले कुनै पनि हालतमा सगरमाथा आरोहण गर्नुपर्छ भन्दै आधार शिविर छाड्न अस्वीकारगरिरहेकी थिइन् । उनलाई थप उपचारका लागि लुक्ला लैजाने एजेन्सीले निर्णय गरेको शेर्पाले बताए ।

सुज्यानले पेसमेकरको सहायताले आरोहण गरिरहेकी थिइन् तर आधार शिविरभन्दा माथि जान सकिनन् । ूक्रम्पटन पोइन्टमा पुग्न उनलाई छ घण्टा भन्दा बढी समय लागेको थियो ।

उनले मे २०२२ मा सगरमाथा आधार शिविरमा पदयात्रा पूरा गरेकी थिइन्। सगरमाथाको प्रयास गरेर, उनले पेसमेकरमा एसियाकै पहिलो व्यक्ति र सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध भारतीय बन्ने लक्ष्य राखेकी थिइन् ।

उनी सरकारी प्राथमिक विद्यालयमा शिक्षिका हुन् र सिलभासाको सबैभन्दा ठूलो विद्यालयमा प्रधानाध्यापकको पदमा बढुवा भएकी थिइन् । घटनाबारे काठमाडौंस्थित भारतीय दूतावास र पर्यटन विभागलाई पनि जानकारी गराइसकेको शेर्पाले बताए ।

यस्तै सगरामाथा आरोहरणको यो सिजनमा हालसम्म सात जनाको मृत्यु भएको छ।

चार शेर्पा पर्वतारोही, एक अमेरिकी डाक्टर र मोल्डोभा पर्वतारोहीको मृत्यु भएको हो । उनीहरुको सर्वोच्च शिखर चुचुरोमा पुग्ने क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर