सर्वोच्चको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिएन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य शिशिर खनालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतले हाल सो प्रतिवेदन प्रकाशित नगर्नु भन्ने फैसला गरेका कारण प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताएका हुन्।

उनले सर्वोच्च अदालतको फैसलाको पुनरावेदन गरेर सर्वोच्चले खुलाएपछि प्रतिवेदन सार्वजनिक गर्ने बताए।

उनले कतिपय प्रतिवेदनहरू शान्तिसुरक्षा र नागरिकको अमनचयनको दृष्टिले प्रकाशित गर्न असजिलो हुने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर