श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियो : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन्।

बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय छैटौं नेपाल चेम्बर एक्स्पो-२०२३’ मा बोल्दै यस्तो उनले सो कुरा बताएका हुन्।

उनले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएको भन्दै वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताए। उनले मन्त्रालयको कार्यभार सम्हाले पनि श्रमका सम्बन्धमा केही नदेखेको बताए।

उनले श्रम विभाग खिएर गएर माथि उठ्न सक्ने अवस्थामा नरहेको समेत बताए। उनले पछिल्लो समय मान्छे बेचेर कारोबार भइरहेको भए पनि श्रमबजारमा सुधार नआएको गुनासो आएको बताए।

उनले मन्त्रालयमा वैदेशिक रोगजारबाहेकका विषयमा कुरा गर्दा स्वदेशी रोजगारको कुनै चर्चा नै नहुने गरेको उल्लेख गरे। उनले श्रम, रोजगार निजी क्षेत्रसँग जोडिएको विषय भएको भन्दै श्रमबजार व्यवस्थित, मर्यादित र सुरक्षित नभएसम्म उद्योगहरू अघि बढ्न नसक्ने बताए।

उनले सरकारले ७५३ वटै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र स्थापना गरेको बताए। मन्त्री भण्डारीले रोजगारका सम्पूर्ण सम्भवनाहरूलाई एकीकृत गर्ने हिसाबले रोजगारीका सम्भवनाहरूलाई एकद्वार प्रणालीमा रोजगार सेवा केन्द्रमा पु¥याउने उद्देश्य रहेको रहेको बताए।

उनले सरकारले तालिम प्राप्त जनशक्तिहरूलाई रोजगारदाताहरूसँग जोड्ने प्रयास गरिरहेको बताए। मन्त्री भण्डारीले अब सरकार र निजी क्षेत्र दुवैले कुराभन्दा पनि काम गर्न आवश्यक रहेको बताए।

उनले नेपालमा गर्न सक्ने सम्भवनाको विषयमा धेरै भए पनि प्रयोग गर्न नसकिएको बताए। उनले सरकार निजी क्षेत्रसँग रोजगारीको विषयमा सहकार्य गरेर जान तयार रहेको बताए।

उनले सरकारले व्यवसाय र कारोबार गर्ने नभएर व्यवसाय गर्नेहरूका लागि वातावरण तयार गरिदिनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *