शिक्षा क्षेत्रको बजेट घटाउनु हुँदैन : शिशिर खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने बताएका हुन्।

उनले मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै त्यसो गरिए दुर्भाग्यपूर्ण हुने बताए। उनले सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उल्लेख गरे।

त्यसैगरी सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले प्रधानमन्त्रीले सांसदहरूसँग गरेको प्रश्नोत्तर म्याचफिक्सिङ गरिएको खेल हेरेजस्तै भएको टिप्पणी गरे। उनले प्रश्नोत्तर गरेर राम्रो अभ्यास सुरु भएको भन्दै अभ्यासलाई सुधार्न आवश्यक रहेको बताए।

रास्वपा सांसद विराजभक्त श्रेष्ठले प्रधानन्त्रीले कयौं प्रश्नहरूको जवाफ नदिएको बताए। उनले प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्नु सुसंस्कृत अभ्यास भएको बताए।

उनले पहिलो प्रश्नोत्तर नै नियमावली निलम्बन गरेर गर्नुपरेको भन्दै असन्तुष्टि व्यक्ति गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर