बागमतीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् नवनियुक्त ६ मन्त्री

बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रूपमा शपथ लिएका छन् । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्यमन्त्री र विनाविभागीय मन्त्रीका रूपमा रामकृष्ण चित्रकारले शपथ लिएका छन् ।

यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानसामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भइसकेका छन् । यस्तै कांग्रेसका बहादुरसिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए ।

शपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *