ललितपुरका सम्पदामा सरकारको आँखा परेन : तोसिमा कार्की

प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरूमा आँखा नपरेको बताएकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताएकी हुन्।

मन्दिरहरूलाई तत्कालै पुनर्निर्माण सम्पन्न हुने गरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न उनले माग गरिन्। त्यसैगरी रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्व सम्पदा सूचीमा संलग्न गराउने विषय अगाडि बढाउन पनि उनले माग गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *