२३ जेठदेखि प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन जेठ २३ देखि २५ गतेसम्म हुने भएको छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलन पर्यटकीय गन्तव्यस्थल खप्तडमा हुन लागेको हो । आयोजकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सम्मेलनका विषयमा जानकारी दिएको हो ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न यो सम्मेलन आयोजना गर्न लागिएको व्यवस्थापन समितिले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्ने आयोजकले बताएको छ । सम्मेलनमा उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री र प्रदेशमन्त्रीहरुको सहभागिता रहने व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए । उनले सम्मेलनमा करिव ५ सय बढीको उपस्थिति रहने बताए । सम्मेलनमा योगगुरु रामदेव, जगतगुरु वालसन्त, आयुर्वेद शिरोमणि बालकृष्ण आचार्य लगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने बताए ।

सम्मेलनलाई आफुले नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण प्रस्थानबिन्दुको रुपमा लिएको अध्यक्ष सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर