बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन्।

मंगलबार राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदूतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताए। उनले समय परिस्थितिअनुसार छिमेकी देशहरूको भ्रमण गर्ने बताए।

प्रधानमन्त्री दाहालले भूगोल, अर्थतन्त्र, खुला सिमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताए।

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्ने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर