संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍याे : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन्।

मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन्।

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे। उनले प्रदेश मातहतमा पर्ने राजस्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत संघीय सरकारको नियन्त्रणमा राखेर एकाअधिकार जमाएको बताए।

उनले प्रदेश सरकारले राजस्व संकलन गरिदिए अनुदान दिन्छौं भन्दै एकाधिकार जमाएको बताए। उनले प्राकृतिक स्रोत प्रदेश मातहतमा आएपनि स्वीकार गर्न नसकेको बताए।

उनले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरू केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाडमा लडाइँ गर्नुपरेको बताए।

मुख्यमन्त्री शाहले केन्द्र सरकारले राजस्व संकलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार गरेको बताए। उनले सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्यभित्र छिर्न नपाएको गुनासो गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *