गाउँपालिकामा नक्सा पासगर्न २० हजार रुपैयाँ घूस !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा पास गर्न सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिने एकजना गाउँपालिका इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहता बिरुद्ध विशेष अदालतमा बुधवार मुद्दा दर्ता गरेको हो ।

इन्जिनियर मेहतादाई आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले घूस रकमसहित केहीदिन अघि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

उनी बिरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार घूस बराबरको रकम बिगो मागदाबीसहित मुद्दा दर्ता भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर