सांसद पद खारेजीको माग गर्दै रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सिन्धुलीका युवराज पौडेल सफलले रिट दर्ता गराएका हुन्। यसअघि दरपिठ गरिएको रिटलाई मंगलबार दर्ताका लागि आदेश गरिएको थियो भने सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो।

यसअघि सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको थियो। यो आदेशसँगै आगामी जेठ १७ गतेका लागि पेसीसमेत तोकिएको छ।

रविको सांसद पदको अयोग्यतासम्बन्धी रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा पेस भएको थियो। तर अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले वैशाख २८ गते यो निवेदनलाई दरपिठ गरिदिएका थिए।

दरपिठ गर्ने पन्थीको निर्णयविरुद्ध पौडेलले यही जेठ १ गते आदेश माग्दै निवेदन पेस गरेका थिए। न्यायाधीश श्रेष्ठको एकल इजलासले दरपिठ आदेश बदर गर्दै सोमबार दर्ता गर्न आदेश दिएको थियो। उनको आदेशसँगै बुधबार उक्त रिट दर्ता भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *