सेनाको सफा हिमाल अभियान टोलीका चार सदस्यलाई उपचारका लागि भारत लगियो

अस्वस्थ भएका नेपाली सेनाको ‘सफा हिमाल अभियान-२०२३’ टोलीका चार सदस्यलाई थप उपचारका लागि भारत लगिएको छ।

अभिायनअन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ तथा आरोहणका सिलसिलामा अस्वस्थ भई उपचाररत चार जनालाई थप उपचारका लागि मंगलबार भारत लगिएको हो।

उनीहरूलाई नयाँ दिल्लीस्थित रिसर्च एण्ड रेफरल (आर एण्ड आर) हस्पिटलमा बर्न्स्/प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी वार्डमा भर्ना गरिएको छ। उनीहरूकाे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ।

सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि सगरमाथाको आधारशिविरमा तैनाथ नेपाली सेनाको टोली सफाइ कार्य सम्पन्न गरी फिर्ता हुने क्रममा रहेको छ। सफा हिमाल अभियान-२०२३ मा ३५ हजार के.जी. फोहोर संकलन गर्ने लक्ष्य रहेकोमा अन्नपूर्ण हिमालबाट ३,५६७ के.जी., बरुञ्चे हिमालबाट १८,५२० के.जी. र सगरमाथा तथा ल्होत्सेबाट १३,६२१ के.जी. गरी जम्मा ३५,७०८ के.जी. फोहोर संकलन भएको छ।

विश्व वातावरण दिवस (जुन ५) मा काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरेर अभियानको समापन गरिने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर