ताप्लेजुङमा स्कर्पियो दुर्घटना हुँदा बालकको मृत्यु

ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान भएको मे १ च ७३५३ नम्बरको स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका-६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए ।

सवारी चालक फुङलिङ-६ का कृष्णमान गुरुङ भने घाइते भएका छन् । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताए ।

दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पु¥याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । गाडी अनियन्त्रित भई पल्टिएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर