चोरीमा संलग्नलाई धमाधम पक्रँदै धनुषा प्रहरी, एकसाथ २७ जना सार्वजनिक

धनुषा जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरू बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । धनुषा प्रहरीले सादा पोशाकमा चोर पक्राउ गर्नका लागि गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९/०८० मा चोरी मुद्दाका ९७ जना चोरी कार्यमा संलग्नहरूलाई पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षमा हालसम्म दर्ता भएका ९६ वटा चोरी मुद्दामा ९७ जना चोरी डकैतीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा ठूलाठूला चोरीदेखि मोटरसाइकल, मोबाइल तथा दमकल चोरीलगायतका चोरी डकैतीमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार चोरीमा पक्राउ भए पनि मुद्दा दर्ता नभएर अभद्र व्यवहारमा ३ सय ३० वटा मुद्दा दर्ता गरिएको छ । जसमा ४ सय जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ गरिएकामध्ये १ सय ३० जनालाई कारबाही समेत गरिसकिएको बताए ।

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार चोरी मुद्दामा २५ जनालाई सिन्धुली कारागार, ९ जनालाई जलेश्वर कारागार र २ जनालाई झुम्का कारागार पठाइएको छ । त्यस्तै अभद्र व्यवहार मुद्दाका ९३ जनालाई सिन्धुली कारागार र १ जनालाई जलेश्वर कारागार पठाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा जनकपुरधाम-१२ का बलिराम मण्डल, सुनिल मुखिया, जनकपुरधाम-१६ का सुशील पञ्जियार, जनकपुरधाम-२ का मुकेश साह, जनकपुरधाम-३ का दिवेन्द्र मण्डल, जनकपुरधाम-१४ का रितेश गुप्ता, जनकपुरधाम-१६ का रञ्जित दास, जनकपुरधाम-१० का नवीनकुमार यादव, जनकपुरधाम-४ का सोनुकुमार सहनी रहेका छन् ।

यस्तै जनकपुरधाम-८ का राजकुमार यादव, जनकपुरधाम-१७ का सञ्जीव राम, क्षिरेश्वरनाथ-५ का इन्दल राम, जनकपुरधाम-१४ का नारायण साह, जनकपुरधाम-१७ का साजन मुखिया, जनकपुरधाम-६ का सलमान मंसुर, जनकपुरधाम-७ का ऐलुन खान, महोत्तरी-६ का गुड्ड महतो, रामप्रवेश महतो, जनकपुरधाम-२ का मुकेश गुप्तालगायत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर