चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बराबारीमा रोकिए

सर्वाधिक आठ पटकको लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ ।

ए डिभिजन लिगअन्तर्गत ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा मनाङ र चर्च ब्वाईजले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् भने बराबरीले शीर्ष स्थानको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग दूरी बढाउने मौका गुमाएको हो । शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ । जुन दोस्रो स्थानको साबिकको विजेता मच्छिन्द्र क्लबको भन्दा २ अंक बढी हो ।

दोस्रो स्थानको मच्छिन्द्रले बुधबार तेस्रो स्थानको जावलाखेल युथ क्लबविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो । मनाङ २० खेलमा २४ अंकसहित ११ औं स्थानमा छ । लगातार जितबिहीन रहँदै आएको मनाङ रेलिगेशन क्षेत्रमा रहेको फ्रेण्ड्स क्लब र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ ।

लिगअन्तर्गत बिहीबार एन्फा मुख्यालयमा भएको अर्को खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले हराएको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे । खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–० को जित निश्चित गरे ।

यससँगै फ्रेण्ड्सले जारी लिगमा छैटौं जित निकालेको छ । फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर