एकीकृत समाजवादीका अध्यक्ष नेपाल आज न्युजिल्याण्ड जाँदै

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्युजिल्याण्ड जाँदै छन्। न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने ७० औं ‘माउन्ट एभरेष्ट सेलब्रेशन डे’ का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नेछन्।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। अध्यक्ष नेपालले न्युजिल्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए।

करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली संघको कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *