भुटानी शरणार्थी प्रकरण : फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन्।

महर्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले जानकारीस् दिए। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

यसअघि १६ जनालाई पक्राउ गर्दै बाँकी १४ जनालाई फरार प्रतिवादी नबाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

लक्ष्मीको खातामा ठगीको रकम जम्मा गरेको भेटिएपछि प्रहरीले उनलाई पनि प्रतिवादी बनाएको थियो।

पक्राउ परेका अभियुक्तहरूको शुक्रबारबाट बयान सुरु गरिएको छ। केशव दुलाल र सागर राईको बयान शुक्रबार नै सकाउने तयारी अदालतले गरेको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलामा यी दुईको बयान भइरहेको छ। दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ। पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो। अहिले उनीहरू दुबैको बयान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *