नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि सत्ता गठबन्धनले नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै शीतल निवासले कानूनविद्हरूसँग आवश्यक परामर्शसमेत गरिसकेको थियो।

शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले दुवै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो। यद्यपि यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कि नमिल्ने भन्नेमा विवाद भने कायमै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *