काभा महिला भलिबल : फाइनल पुग्न सकेन नेपाल

काजकिस्तानसँग पाँचौं सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल काभा विमन्स च्यालेन्ज कप भलिबलको सेमिफाइलनमा सीमित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप ) को कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै सेमिफाइनलमा समेटिएको हो । यससँगै नेपालको अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गर्ने अवसर गुमेको छ ।

सेन्ट्रल एशियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्रमशः २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन रहेको थियो । चौथो सेटमा नेपालले अघिल्ला दुई सेटमा बनाएको लयलाई निरन्तरता दिन सकेन । सुरुवातदेखि नै लामो अग्रता बनाएको काजकिस्तानले यो सेट २५–१८ ले जित्यो । अनुभव र एक्स्पोजरमा पछि परेको नेपाल अन्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अंक जोड्न सफल रह्यो ।

अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो । जितसँगै अब उपाधिका लागि काजाकस्तान र भारत भिड्ने भएका छन् । शुक्रबारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर