नेपाल एसबीआई बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

नेपाल एसबीआई बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

ग्राहकहरूलाई लक्षित गरी नेपाल रेमिट इन्टरनेशनल प्रालिका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पााएको रेमिट्यान्स रकम नेपाल एसबीआई बैंकका सम्पूर्ण शाखामार्फत भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो।

एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिट इन्टरनेशनलका नायब महाप्रबन्धक देवबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल साथै नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाललगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर