नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिले मात्रै नहेरौं : रमेश लेखक

सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न विपक्ष दलका सांसदहरूलाई आग्रह गरेका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उनले सरकारमा रहँदा राम्रो देख्ने र नरहँदा देश अन्धकारमय देख्न नहुने पनि बताए।

प्रमुख सचेतक लेखकले सरकारको नीति तथा कार्यक्रम सही विश्लेषणको साथ आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए। उनले केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै पानी जहाज चढने स्वार्गानुभूति गरेको तर त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराए।

प्रमुख सचेतक लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा आफ्नो पार्टीले मतदान गर्ने जानकारीसमेत दिए ।

प्रमुख सचेतक लेखकले आफू सरकारमा रहँदा देश झिलिमिली देख्ने, विपक्षमा रहँदा देश अन्धकारमय देख्ने दृष्टिले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जान नसक्ने समेत बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *