‘क्षयरोगमुक्त नेपाल अभियान’ का लागि एक अर्ब १५ करोड

सरकारले ‘क्षयरोगमुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि एक अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गरिने बताए ।

पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ बजेटमा उल्लेख छ । सरुवा रोग अस्पताल निर्माण एवम् विस्तारका लागि बजेटमा रु ४६ करोड विनियोजनसमेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर