केन्द्रीय कार्यसमिति बैठक नबोलाए विशेष महाधिवेशन बोलाउने कांग्रेस नेता आचार्यको चेतावनी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस रूपान्तरण अभियानको वाग्मती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे।

उनले पार्टीको विधानअनुरूप हरेक २ महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भए पनि १० महिनासम्म बैठक बस्न नसकेको बताए।

उनले पार्टीका उपसभापति र महामन्त्रीहरूले समेत पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरिए पनि नेतृत्वले नसुनेको बताए।

उनले पार्टीको औपचारिक समितिका बैठकहरू नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताए।

उनले पार्टीले भ्रष्टाचारका कुराहरूलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने बताए।

कांग्रेस बिग्रिन र सिद्धिन लागेको भन्दै उनले पार्टीलाई सो अवस्थाबाट जोगाउन रूपान्तरण अभियान चलाएको उल्लेख गरे।

आफूहरूको अभियान कांग्रेसको चिन्ता गर्नेहरूको अभियान भएको स्पष्ट पारे।

आचार्यले आफूहरूले चलाएको अभियान कुनै एक व्यक्ति वा गुटको अभियान नभएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर