रहिनन् कांग्रेस नेतृ पाण्डे

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौंको गौशालास्थित निजी निवासमा निधन भएको छ।

वि. सं. २००८ मा जन्मिएकी पाण्डेले वि. सं. २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन्। तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी स्व. पाण्डे वि. सं. २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य थिइन् भने वि. सं. २०६४ मा संविधानसभा सदस्य भएकी थिइन्।

उनी कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति भएकी थिइन्। नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उनले पटक-पटक जेल जीवनसमेत व्यतीत गरेकी थिइन्। उनको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर