माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबीच भेटवार्ता

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ।

बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र) का नेताहरूसँग भेट गरेको हो।

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए।

उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध विस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्ने कुरामा छलफल भएको बताए।

भेटमा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलगायतका पार्टीका नेताहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्त्वपूर्ण रूपमा लिइएको छ।

साथै चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर