सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा४५प ५५४१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका-२, नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी-११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए।

गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्ण रूपमा क्षति भएको प्रनाउ यादवले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर