प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिवको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन्।

भारतको चारदिने औपचारिक भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालसँग उनीहरूले होटल मौर्यामा भेटवार्ता गरेका हुन्।

तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहाल पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्नेछन्।

द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुवै देशका प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ।

उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

दिल्लीमा राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री दाहाल मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ।

दिल्ली जाँदै गर्दा प्रधानमन्त्री दाहालले नागरिकता विधेयक प्रमाणीकरणको निर्णय क्रान्तिकारी कदम भएकाे बताएका थिए।

विमानमा रहेका प्रतिनिधिमण्डल र आम यात्रीहरूलाई भेट्दै गर्दा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा केही यात्रीहरूले ताली बजाई प्रधानमन्त्रीको अभिवादन गरेका थिए।

जवाफमा प्रधानमन्त्रीले नागरिकताबारे दुईथरीको विचार आए पनि यो ठूलो क्रान्तिकारी कदम भएको र यसले दशकौंदेखि नागरिकताबाट वञ्चित नेपाली छोराछोरीले नागरिकता पाउन सहज हुने प्रतिक्रिया दिएका थिए।

उनी जेठ २० गते स्वदेश फर्कने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर