प्रधानमन्त्री दाहालले दिए भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

मोदीसँगको भेटवार्तापछि दिल्लीस्थित हैदराबाद होम्समा बिहीबार संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

‘मैले नेपाल भ्रमणका लागि प्रधानमन्त्री मोदीजीलाई निम्तो दिइसकेको छु,’ दाहालले भने, ‘म उहाँलाई नेपालमा स्वागत गर्न तयार छु।’

मोदीले गत वर्ष लुम्बिनीको भ्रमण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर