भारतकी राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।

बिहीबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको छ।

प्रधानमन्त्री दाहालले यसअघि भारतका उपराष्ट्रपति जगदीप धनखडसँग भेट गरेका थिए।

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्ती दाहाल बुधबार दिल्ली गएका थिए। उनी जेठ २० मा स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर