बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन् । रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर