ताप्लेजुङमा मृत भेटिए प्रहरी वरिष्ठ हवल्दार

ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मृत अवस्थामा फेला परेका छन्।

सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका-७ घर भएका ४१ वर्षीय प्रहरी वरिष्ठ  हवल्दार दीपक शाह शंकर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा उनले प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार अनुसार मृतक शंकर छारे रोगबाट पीडित थिए। मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *