दुई-दुई पटक पारित नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदको अपमान हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदले दुई-दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान हुने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरिएकोमा आपत्ति जनाएका थिए।

उनीहरूले यसबारे उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले अघिल्लो सदनले दुई-दुई पटक विधिसम्मत ढंगले पारित गरेको सो विधेयक अहिलेको संसदले मान्दिनँ भन्न नमिल्ने बताए।

संसद पनि अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले संविधानसम्मत ढंगले अघिल्लो सदनले दुई-दुई प्रमाणीकरण गर्नका लागि पठाएको विधेयक त्यसो नगरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए।

उनले त्यसलाई खारेज गर्न पनि सम्भव नभएकाले राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु परेको स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले सो कुरा उल्लेख गरिरहँदा विपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधानविपरीत रहेको जिकिर गर्दै आपत्ति जनाएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर