नागरिकता विधेयकबारे सञ्चारमन्त्री- सरकारको कमजोरी कि सफलता अन्तरिम आदेशपछि थाहा हुन्छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सर्वोच्च अदालतबाट अल्पकालीन आदेश आउँदैमा सरकारको कमजोरी भन्न नमिल्ने बताएकी छन्। सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

उनले सरकारले गरेको अनुरोधमा राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको र त्यसकै विरुद्धमा सर्वोच्चमा परेको मुद्दामा अदालतले अल्पकालीन आदेश दिएको बताइन्। उनले सर्वोच्चबाट अन्तरिम आदेश आइसकेपछि मात्रै सरकारको कमजोरी वा सफलता भन्ने कुरा औंल्याउन सकिने बताइन्।

उनले संविधानले विधेयक संसदका दुवै सदनले दोस्रो पटक पनि पारित गरेर पठाइसकेपछि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि के हुन्छ भन्ने बारेमा परिकल्पना नगर्दा यो समस्या आएको बताइन्। उनले राष्ट्रपतिबाट होल्ड हुने कुराले हरेक राष्ट्रपतिले संसदले पारित गरेका कानून, विधेयक, ऐनलाई होल्ड गर्दा संविधान, लोकतन्त्रमाथि नै प्रश्न उठ्ने बताइन्।

मन्त्री शर्माले असंसदीय भाषा मेटाइसकेको र सांसदहरूले पनि संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर