विश्व वातावरण दिवसमा सशस्त्र प्रहरी मुख्यालयसहित देशभरका युनिटमा राेपियाे ११ हजार बिरूवा

विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालसहित देशभरका युनिटमा वृक्षरोपण गरिएको छ। मुख्यालय परिसरमा २४२ सहित देशभरका युनिटहरूमा ११ हजारभन्दा बढी बोटबिरूवा रोपिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागितामा सोमबार मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा फलफूललगायतका विभिन्न जातका बोटबिरूवाहरू रोपिएको हो।

मुख्यालयमा भएको वृक्षरोपण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बलका कर्मचारीहरूको सहभागिता रहेको थियो।

यसैगरी दिवसकै अवसरमा देशभरका सशस्त्र प्रहरी बलका इकाइहरूमा समेत फलफूललगायत विभिन्न जातका बोटबिरूवाहरू रोपिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र मातहतका युनिटहरूले १ हजार ८ सय ७७ वटा, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र मातहतका युनिटहरूले १ हजार ५ सय ६० वटा, नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर र मातहतका युनिटहरूले ६ सय ५९ वटा बिरूवा रोपेका छन्।

यस्तै नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र मातहतका युनिटहरूले ५ सय वटा, नम्बर ५ विन्ध्यवासीनी बाहिनी मुख्यालय रूपन्देही र मातहतका युनिटहरूले २ हजार ९८ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र मातहतका युनिटहरूले २ सय ५३ वटा बिरूवा रोपेका छन्।

नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र मातहतका युनिटहरूले १ हजार ७ सय ९२ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र मातहतका युनिटहरूले ७ सय १८ वटा बोटविरूवा रोपेका छन्।

त्यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र मातहतका युनिटहरूले १ हजार ३ सय २६ वटा, नेपाल एपीएफ अस्पतालले १६ वटा, नं. १९ बगलामुखी विशेष कार्यदल गण हल्चोक काठमाडाैंले १ सय ६८ बोटबिरूवा रोपेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *