मणिपुरमा फेरि भड्कियो हिंसा

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ।

मणिपुरको पश्चिमी इम्फाल जिल्लाको कांगचुप क्षेत्रमा सोमबार बिहान दुई सशस्त्र समूहबीच गोली हानाहान हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार घाइतेहरूलाई इम्फालको अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

मणिपुरमा गत महिनायता भएको हिंसाको छानबिन गर्न केन्द्र सरकारले आइतबार गौहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश अजय लाम्बाको अध्यक्षतामा छानबिन आयोग गठन गरेको छ।

मे ३ देखि जातीय द्वन्द्व सुरु भएपछि मणिपुरमा हिंसात्मक झडप भइरहेका छन्।

झडपमा मृत्यु हुनेको संख्या ८० नाघेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *