कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भएको छ। मंगलबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले आफ्नो सरकार गठनको पहल गर्ने निर्णय गरेको हो।

नेकपा (एमाले) को नेतृत्वमा रहेको कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। सरकार अल्पमतमा परेसँगै कांग्रेसले आफ्नै नेतृत्वको सरकार गठनको पहल गर्ने निर्णय गरेको हो।

यता माओवादीले पनि सोमबार नै आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर